बिद्रोही वाग्नर समूहलाई पुटिनको प्रस्तावः ‘कि सेनामा भर्ती होउ, कि घर जाउ’

रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको निजी सेना वाग्नरका सैनिकका बारेमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सो समूहलाई कि रुसी सेनामा भर्ना हुनुपर्ने कि त घर फर्किनु पर्ने प्रस्ताव अघि सारेका छन् । पुटिनले मंगलबार सुरक्षा अधिकारीहरूसँग उच्चस्तरीय बैठक पनि गरेका छन् ।
रुसी मिडिया आरटीका अनुसार पुटिनले वाग्नर समूहका लडाकु र कमाण्डरहरूलाई सच्चा देशभक्तको रूपमा वर्णन गरेका छन्। उनले भनेका छन्, ‘जसले देश र जनतालाई धोका दिन सक्दैनन् ।’ पुटिनले भने, ‘केही मानिसहरूले सैनिकहरूलाई अँध्यारोमा राखेर आफ्नै दाजुभाइको अगाडि बन्दुक लिएर खडा गरेका थिए, जो यस अघि काँधमा काँध मिलाएर लडेका थिए ।’
अर्कोतर्फ, वाग्नरका प्रमुख येभगेनी वी प्रिगोगिनले रुसमा सैन्य कु गर्न खोजेको आरोपको खण्डन गरेका छन् । प्रिगोगिनका अनुसार सो मार्च पास पुटिनलाई हटाउनका लागि गरिएको थिएन ।
एक सामाजिक सञ्जाल एपमा आफ्नो ११ मिनेटको अडियो विज्ञप्तिमा प्रिगोजिनले वाग्नर सेनाको उद्देश्य युक्रेनमा रूसको आक्रमणको विरोध रहेको बताए । उनले रुसी सेनाद्वारा वाग्नर समूहमाथि गरिएको अन्यायविरुद्ध लड्न आन्दोलन सुरु गरेको बताएका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #भ्लादिमिर पुटिन, #लडाकु र कमाण्डर
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्