बिद्रोही वाग्नर समूहलाई पुटिनको प्रस्तावः ‘कि सेनामा भर्ती होउ, कि घर जाउ’
रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको निजी सेना वाग्नरका सैनिकका बारेमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सो समूहलाई कि रुसी सेनामा भर्ना हुनुपर्ने कि त घर फर्किनु पर्ने प्रस्ताव अघि सारेका छन् । पुटिनले मंगलबार सुरक्षा अधिकारीहरूसँग उच्चस्तरीय बैठक पनि गरेका छन् ।
रुसी मिडिया आरटीका अनुसार पुटिनले वाग्नर समूहका लडाकु र कमाण्डरहरूलाई सच्चा देशभक्तको रूपमा वर्णन गरेका छन्। उनले भनेका छन्, ‘जसले देश र जनतालाई धोका दिन सक्दैनन् ।’ पुटिनले भने, ‘केही मानिसहरूले सैनिकहरूलाई अँध्यारोमा राखेर आफ्नै दाजुभाइको अगाडि बन्दुक लिएर खडा गरेका थिए, जो यस अघि काँधमा काँध मिलाएर लडेका थिए ।’
अर्कोतर्फ, वाग्नरका प्रमुख येभगेनी वी प्रिगोगिनले रुसमा सैन्य कु गर्न खोजेको आरोपको खण्डन गरेका छन् । प्रिगोगिनका अनुसार सो मार्च पास पुटिनलाई हटाउनका लागि गरिएको थिएन ।
एक सामाजिक सञ्जाल एपमा आफ्नो ११ मिनेटको अडियो विज्ञप्तिमा प्रिगोजिनले वाग्नर सेनाको उद्देश्य युक्रेनमा रूसको आक्रमणको विरोध रहेको बताए । उनले रुसी सेनाद्वारा वाग्नर समूहमाथि गरिएको अन्यायविरुद्ध लड्न आन्दोलन सुरु गरेको बताएका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #भ्लादिमिर पुटिन, #लडाकु र कमाण्डर
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्