पत्रकार सामी अब्राहमलाई अपहरण गरेको परिवारको दाबी
कराची । वरिष्ठ पत्रकार सामी अब्राहमलाई मे २४ मा इस्लामाबादबाट अज्ञात व्यक्तिहरू अपहरण गरी लगेको पारिवारले दाबी गरेका छन् । उनको अवस्था अझै पनि अज्ञात रहेको छ । अब्राहमलाई प्रहरीले पक्राउ गरेको स्रोतले बताएको छ, तर राजधानी प्रहरीले जारी गरेको विज्ञप्तिमा उनीहरूले पत्रकारको परिवारलाई सहयोग गर्ने र उनको खोजी गर्न कुनै कसर बाँकी नराख्ने बताएको छ।
अब्राहमका भाइ अली रजाले आबपारा प्रहरी चौकीमा अपहरणको उजुरी दिएका छन् । निवेदनका अनुसार अब्राहमलाई बोल टिभी अफिसबाट निस्किएर घर जाँदै गर्दा राति ९ बजे सेक्टर जी–६ स्थित सिक्सथ एभिन्यूको सर्भिस रोडमा चारवटा कारले रोकेको थियो । आठदेखि दश जना अपरिचित व्यक्तिले गाडीबाट निस्केर उनलाई जबरजस्ती लिएर गएको बताइएको छ ।
घटनाको समयमा अब्राहमका चालक अरशद उनीसँगै थिए। ती मानिसहरूले चालकलाई छोडेर अब्राहमलाई आफूसँगै लगे । ती व्यक्तिहरूले चालक र अब्राहमका तीनवटा मोबाइल फोन र कारको चाबी पनि लिएर गएको निवेदनमा उल्लेख छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्