चीन–क्यानडा सम्बन्ध बिग्रँदै, क्यानडाद्वारा एक चिनियाँ कुटनीतिज्ञलाई देश निकाला
टोरन्टो । क्यानडा सरकारले चीनका एकजना कूटनीतिज्ञलाई अयोग्य घोषित गर्दै देशबाट निष्कासन गरेको छ । क्यानडा सरकारले टोरन्टोस्थित चिनिया कूटनीतिज्ञ झाओ वेईलाई देश निकाला गरेको हो । झाओ वेईमाथि संसद्को एक सदस्यलाई धम्क्याएको आरोप लगाइएको छ । झाओ वेईमाथि सांसद र उनको परिवारलाई समेत धम्क्याएको र मानसिक तनाव दिएको आरोप लगाइएको छ । सोही कारणले उनलाई ‘प्रसोना नन ग्रेटा’ (कूटनीतिज्ञ सेवाका लागि अयोग्य) घोषित गर्दै देश निकाला गरिएको जानकारी क्यानडाकी परराष्ट्रमन्त्री मेलानी जोलीले दिइन् ।
सांसद माइकल चोंगले चीनमा व्यापक रूपमा मानवअधिकारका हननका घटना हुने गरेको बताउँदै आएका थिए । त्यसैले चीनले सांसद माइकल चोंग र हङकङमा रहेको उनको परिवारलाई धम्क्याउने गरेको दाबी समाचारमा गरिएको छ । सांसद र उनको परिवारलाई धम्क्याउने कार्यमा झाओ वेई पनि संलग्न रहेको क्यानडाको आरोप छ । परराष्ट्रमन्त्री जोलीले सोमबार नै कूटनीतिज्ञ झाओ वेईको कुनै आवश्यकता नरहेको बताइन् । क्यानडाको राजधानी ओटावास्थित चिनिया दूतावासले भने आफ्ना कूटनीतिज्ञलाई निष्कासन गरिएको घटनाको चर्को आलोचना गरेको छ ।
‘ग्लोब एन्ड मेल’ समाचारपत्रमा झाओ वेईले लामो समयदेखि माइकल चोंगको बारेमा जानकारी सङ्कलन गरिरहेको समाचार छापिएपछि क्यानडा सरकारले यस्तो निर्णय लिएको बताइएको छ । क्यानडाको जासुसी एजेन्सीले पनि झाओ वेईले माइकल चोंग र उनको परिवारको विषयमा सूचना सङ्कलन गरिरहेको प्रतिवेदन तयार पारेको बताइएको छ । क्यानडाकी परराष्ट्रमन्त्री मेलानी जोलीले देशको आन्तरिक मामलामा कुनै पनि प्रकारको विदेशी हस्तक्षेप आफूहरूलाई स्वीकार्य नहुने पनि बताएकी छन् । उनले कूटनीतिज्ञ झाओ वेईलाई निश्काषन गर्ने निर्णय निकै सोचविचार गरेर लिइएको दाबी पनि गरिन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्