Techie IT
  • २५ भदौ २०८२, बुधबार

भुटानको पर्यटन विभागद्वारा २०० भन्दा बढी ‘नन–स्टार’ होटललाई पर्यटन राख्न स्वीकृति


थिम्पु । भुटानको पर्यटन विभागले मूल्याङ्कन गरिएका झण्डै ३०० होटलमध्ये २०० भन्दा बढी ‘नन–स्टार’ होटलहरूलाई पर्यटन राख्न स्वीकृति दिएको , द भुटान लाइभले लेखेको छ। मन्त्रिपरिषद्को हालैको स्वीकृति पछि नन–स्टार होटललाई विभागले तोकेको न्यूनतम मापदण्ड पूरा गरेपछि पर्यटकहरूलाई सेवा प्रदान गर्न अनुमति दिएको थियो।

गत सेप्टेम्बरमा भुटानमा पर्यटन आगमन सुरु भएदेखि विभागले प्रमाणित होटलहरूलाई मात्र पर्यटकहरू राख्न अनुमति दिएको थियो । भुटान लाइभ अनुसार, भुटानमा समग्र पर्यटक अनुभव सुनिश्चित गर्न र अभिवृद्धि गर्न यो निर्णय लिइएको हो। भुटानको पर्यटन विभागले होटलको मूल्याङ्कन गरिरहेको छ । तर, जनशक्ति अभावका कारण अझै ६० भन्दा बढी होटल मूल्याङ्कन हुन बाँकी छन् । पर्यटन विभागका महानिर्देशक दोर्जी ध्राधुलले बाँकी होटलको मूल्याङ्कन छिट्टै सुरु हुने बताएको भुटान लाइभले रिपोर्ट उल्लखे गरिएको छ ।

भुटानको पर्यटन विभागका अनुसार होटलले सरसफाई, आराम, सुरक्षा, सुविधा र सेवा जस्ता मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । समाचार अनुसार भुटानमा ५०० भन्दा बढी दर्ता भएका नन–स्टार होटलहरू छन्। यसैबीच, भुटानले गत आठ महिनामा ५२,००० भन्दा बढी पर्यटकहरू भित्राएको छ, भुटान लाइभले लेखेको छ। भुटानको पर्यटन विभागले यो तथ्याङ्कलाई पर्यटन उद्योगको पुनरुत्थानमा सकारात्मक प्रवृत्तिका रूपमा व्याख्या गरेको छ ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं