रुकुम मुसिकोटको जंगलमा भेटिए ८ नाल बन्दुक

रुकुमपश्चिम । रुकुम पश्चिममा ८ नाल भरुवा बन्दुक भेटिएका छन । जंगलभित्र लुकाईछिपाई राखिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ८ नाल भरुवा बन्दुक भेटाएको हो ।
जिल्लाको मुसिकोट नगरपालिका ८, ओखरभिर सामुदायिक बन भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा अनुसन्धान गर्दा ८ नाल भरुवा बन्दुक भेटिएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपि नमराज भट्टराईले जानकारी दिए ।
बन्दुक कसले लुकाएर राखिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रुकुम पूर्व तथा पश्चिमका जंगल तथा ओढारहरुमा बेलाबेला भरुवा बन्दुकहरु भेटिदै आएका छन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #भरुवा बन्दुक, #रुकुम पश्चिम
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्