चीनले गरिरहेको सैन्य गतिविधिमा जी–सेभेनको चासो बढ्दा चीन असन्तुष्ट
काठमाडौं । आर्थिक रूपमा सम्पन्न विश्वका सात प्रमुख देशहरुको समूह जी–सेभेनका नेताहरूले एशिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको सैन्य गतिविधिलाई लिएर चासो व्यक्त गरेका छन् ।
जापानको हिरोसिमामा भएको शिखर सम्मेलनले जारी गरेको विज्ञप्तिमा चीनको आर्थिक र सैन्य गतिविधिबारे चिन्ता व्यक्त गरिएको छ । साथै जी–सेभेन देशका नेताहरुले चीनसँग ‘स्थिर र रचनात्मक’ सम्बन्ध रहनुपर्नेमा जोड दिएका छन् ।
चीनलाई हस्तक्षेपकारी गतिविधि नगर्न तथा तिब्बत र सिन्जियाङको सुदूर पश्चिमी क्षेत्रमा कथित मानवअधिकार उल्लङ्घनबारे चिन्ता व्यक्त गरिएको छ । सम्मेलनमा आर्थिक लचिलोपनका लागि जोखिम कम गर्न र महत्वपूर्ण आपूर्ति शृङ्खलामा अत्याधिक निर्भरता कम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यसैबीच चीनले जी–सेभेन समूहको विज्ञप्तिप्रति असन्तुष्टि व्यक्त गरेको छ । चीनको विदेश मन्त्रालयले हिजो बेलुका एक वक्तव्यमार्फत् जी–सेभेनको चीनप्रतिको दृष्टिकोणमा कुनै अन्तर्राष्ट्रिय विश्वसनीयता नभएको टिप्पणी गरिएको समाचार संस्था एएफपीले जनाएको छ । जी–सेभेन समूहमा सात प्रमुख विकसित देश क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका रहेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित,यस्तो छ सेवा सुविधा
- २कलाकार बले हाजिरी जमानीमा रिहा
- ३रवि लामिछानेको आश्वासनले उपसभामुखमा उम्मेदवारी दिएको ज्ञानेन्द्रको दाबी
- ४देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त भएको एडीबीको निष्कर्ष
- ५सरकार जनताले प्रकट गरेको मर्म, भावना र चाहना चल्नुपर्छः राष्ट्रपति



तपाईको कमेन्ट लेख्नुहोस्