पाकिस्तानमा चिनियाँ नागरिकलाई धर्मको निन्दा गर्न छुट
लाहोर । पाकिस्तानमा जसले इस्लाम धर्मको निन्दा गर्छ, उसलाई मृत्युदण्डको सजाय दिने कानून बनेको छ । पाकिस्तानमा ईश्वरनिन्दाको धारणालाई व्यापक रूपमा व्याख्या गरिएको छ, र धेरै मुद्दाहरु मुस्लिम चरमपन्थीहरूले बनाएका छन्।
यस्तै, क्रिस्चियन, हिन्दू लगायत अन्य अल्पसंख्यकहरू ईश्वरनिन्दाको आरोपमा वर्षौंसम्म जेलमा पर्ने गरेका छन् । यद्यपि, कोही चिनियाँ नागरिक हुनुहुन्छ भने पाकिस्तानमा ईश्वरनिन्दाको आरोप लाग्न सक्छ, गिरफ्तार पनि हुन्छ र केहि दिन पछि ७०० अमेरिकी डलरमा जमानतमा रिहा हुने गरेका छन् ।
चाइना गेजुवा ग्रुप कम्पनीले खैबर पख्तुनख्वा प्रान्तको कोहिस्तान जिल्लामा दासु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । चीनसँग पाकिस्तानको सम्बन्ध यति गहिरो छ कि पाकिस्तानमा पवित्र ईश्वरनिन्दा कानूनलाई पनि तोड्न सकिन्छ– यदि तपाईं चिनियाँ नागरिक हुनुहुन्छ भने ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्