भुटानको दुर्गम गाउँका किसानले पाए दूधको लागि भरपर्दो बजार
थिम्पु । भुटानको दुर्गम गाउँ गोएन्पाले दुधको लागि भरपर्दो बजार फेला पारेका छन् । उनीहरुले आफ्नो दुध अब भुटानको चेनरी, ट्राशिगाङमा रहेको कौफुकु इन्टरनेशनलको डेयरी प्रशोधन केन्द्रमा बेच्ने भुटान लाईभले उल्लेख गरेको छ । यस सुविधाबाट किसान लाभान्वित भए पनि पशुखानाको बढ्दो मूल्यका कारण दूधको हालको मूल्यमा समायोजन गर्नु आवश्यक भएको उनीहरुको माग छ ।
गोएन्पाका किसानहरू मुख्य रूपमा जर्सी गाईहरू पाल्ने गरेका छन् । त्यहाँ लगभग ८० व्यक्तिको समूहले दुध उत्पादन गर्ने गरेका छन् । उनीहरुले आफ्नो दुग्ध उत्पादनको लागि बजार खोज्ने चिन्ता लिनु नपर्ने बताइएको छ। यादी गोनोर देतसेनका अध्यक्ष दोर्जी दुग्ध प्रशोधन प्लान्टका धेरै लाभार्थीमध्ये एक हुन् । दूध संकलन गरिसकेपछि यसलाई यदी दूध सङ्कलन केन्द्रमा ढुवानी गरिन्छ र प्रशोधन प्लान्टमा पठाउनुअघि बिग्रन नदिन मेसिनमा तुरुन्तै चिसो गरिन्छ।
मासिक करिब ३०० लिटर दुध उत्पादनका साथ दोर्जीले १०,००० भन्दा बढी आम्दानी गर्छन्, जसलाई उनी घरायसी सामान खरिद गर्न प्रयोग गर्छन्। ‘हामीले आफ्नो दूध कम्पनीलाई बेच्दा यसले हाम्रो कामको बोझ घटाएर हामी सबैलाई फाइदा पुर्याएको छ। यदि हामीले चीज र बटर उत्पादन गर्ने हो भने, थप श्रम चाहिन्छ। कहिलेकाहीँ, हामी यी उत्पादनहरूको लागि बजार खोज्न कठिनाइको सामना गर्छौं।दोर्जी ले भुटान लाइभलाई भने ।
अर्का किसान किन्जाङ चोदेनले भने,‘म गाईवस्तुमा मात्र निर्भर छु। दिनमा १० देखि ११ लिटर दूध बेचेर मासिक १४ हजारदेखि १५ हजारसम्म आम्दानी गर्न सक्षम छु। हाम्रो समुदायका करिब ५० प्रतिशत किसानहरू निर्भर छन्। गाईविना हाम्रो जीविकोपार्जनको लागि केही हुँदैन। साथै, हामी आफ्नो खेतमा गाईको गोबर मलको रूपमा प्रयोग गर्छौं।’ त्यहाँका दुध उत्पादक किसान समूहले अहिले दैनिक २ सय ७५ लिटर दूध बिक्री गर्दै आएको छ । यद्यपि, कौफुकुले गाईको दानाको मूल्यलाई मध्यनजर गरेर दूधको मूल्य बढाएको खण्डमा अझ फाइदा हुने, द भुटान लाइभले लेखेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्