Techie IT
  • २५ भदौ २०८२, बुधबार

मेक्सिकोमा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु


काठमाडौं । मेक्सिकोमा मालबाहक ट्रेलर र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ । उत्तरी राज्य तमौलिपासको राजमार्गमा मालबाहक ट्रेलर र भ्यान ठोक्किएपछि आगो लागेको थियो ।

मालबाहक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा भेटिएको छैन । दुर्घटनापछि चालक फरार भएको अनुमान छ । दुर्घटनास्थल हेर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

परिवारका सदस्यहरुसहित घुमघाम गर्न निस्किएकाहरु दुर्घटनामा परेको अनुमान छ । दुर्घटनास्थलमा भेटिएको परिचयपत्रको आधारमा दुर्घटनामा मेक्सिकोकै नागरिकहरु परेको अनुमान छ ।

अधिकारीहरुले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएका छन् । मेक्सिकोमा सन् २०२१ मा भएको एक सवारी दुर्घटनामा ५३ जनाको ज्यान गएको थियो ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं