मेक्सिकोमा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु
काठमाडौं । मेक्सिकोमा मालबाहक ट्रेलर र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ । उत्तरी राज्य तमौलिपासको राजमार्गमा मालबाहक ट्रेलर र भ्यान ठोक्किएपछि आगो लागेको थियो ।
मालबाहक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा भेटिएको छैन । दुर्घटनापछि चालक फरार भएको अनुमान छ । दुर्घटनास्थल हेर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।
परिवारका सदस्यहरुसहित घुमघाम गर्न निस्किएकाहरु दुर्घटनामा परेको अनुमान छ । दुर्घटनास्थलमा भेटिएको परिचयपत्रको आधारमा दुर्घटनामा मेक्सिकोकै नागरिकहरु परेको अनुमान छ ।
अधिकारीहरुले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएका छन् । मेक्सिकोमा सन् २०२१ मा भएको एक सवारी दुर्घटनामा ५३ जनाको ज्यान गएको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- २सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ३बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ४सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण
- ५सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने



तपाईको कमेन्ट लेख्नुहोस्