अफगानिस्तानमा पत्रकारमाथिको हिंसा बढ्दो
काबुल । अफगानिस्तानमा पत्रकारहरूको दुर्दशा दिन प्रतिदिन बिग्रँदै गएको छ । पछिल्लो समय तालिबान शासनमा समुदाय विरुद्ध हिंसा धेरै गुणा बढेको छ। खामा प्रेसका अनुसार अफगानिस्तान पत्रकार केन्द्र (एएफजेसी) ले अफगानिस्तानमा मिडियाको खस्कँदै गएको अवस्थाको बारेमा एक अध्ययन जारी गर्दै अघिल्लो वर्ष पत्रकार विरुद्ध हिंसाका घटनामा ६४ ले वृद्धि भएको उल्लेख गरेको छ। यो रिपोर्ट विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जारी गरिएको हो।
एएफजेसीका अनुसार अधिकांश हिंसात्मक घटनाहरू, पत्रकार र सञ्चारकर्मीहरूलाई धम्की दिने र गिरफ्तार गर्नेलगायतका घटनाहरू तालिबान सरकारले गरेका छन्। तालिबान सत्तामा आईसकेपछि एक पत्रकार मारिएका छन् भने २१ जना घाइते भएका छन् । त्यस्तै, ६ जनालाई शारीरिक रुपमा उत्पीडन दिएको छ भने ११५ जनालाई धम्की र ७० पत्रकारहरूलाई हिरासतमा लिइएको । जसमध्ये कम्तीमा दुईजना (मुर्तजा बेहबुदी र खैरुल्लाह परहार) अझै पनि तालिवानको हिरासतमा छन्, खामा प्रेसले रिपोर्ट गरेको छ।
तालिबान सरकारमा आईसकेपछि अफगानिस्तानको ६०० मिडिया आउटलेट मध्ये आधा भन्दा बढी बन्द भईसकेका छन् । सन् २०२१ को अगस्टमा तालिबानले देशको नियन्त्रणमा लिएपछि अफगानिस्तानका पत्रकारहरूका लागि सूचनामा पहुँच नहुनु एउटा प्रमुख चुनौती बनेको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्