अफगानिस्तानमा पत्रकारमाथिको हिंसा बढ्दो
काबुल । अफगानिस्तानमा पत्रकारहरूको दुर्दशा दिन प्रतिदिन बिग्रँदै गएको छ । पछिल्लो समय तालिबान शासनमा समुदाय विरुद्ध हिंसा धेरै गुणा बढेको छ। खामा प्रेसका अनुसार अफगानिस्तान पत्रकार केन्द्र (एएफजेसी) ले अफगानिस्तानमा मिडियाको खस्कँदै गएको अवस्थाको बारेमा एक अध्ययन जारी गर्दै अघिल्लो वर्ष पत्रकार विरुद्ध हिंसाका घटनामा ६४ ले वृद्धि भएको उल्लेख गरेको छ। यो रिपोर्ट विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जारी गरिएको हो।
एएफजेसीका अनुसार अधिकांश हिंसात्मक घटनाहरू, पत्रकार र सञ्चारकर्मीहरूलाई धम्की दिने र गिरफ्तार गर्नेलगायतका घटनाहरू तालिबान सरकारले गरेका छन्। तालिबान सत्तामा आईसकेपछि एक पत्रकार मारिएका छन् भने २१ जना घाइते भएका छन् । त्यस्तै, ६ जनालाई शारीरिक रुपमा उत्पीडन दिएको छ भने ११५ जनालाई धम्की र ७० पत्रकारहरूलाई हिरासतमा लिइएको । जसमध्ये कम्तीमा दुईजना (मुर्तजा बेहबुदी र खैरुल्लाह परहार) अझै पनि तालिवानको हिरासतमा छन्, खामा प्रेसले रिपोर्ट गरेको छ।
तालिबान सरकारमा आईसकेपछि अफगानिस्तानको ६०० मिडिया आउटलेट मध्ये आधा भन्दा बढी बन्द भईसकेका छन् । सन् २०२१ को अगस्टमा तालिबानले देशको नियन्त्रणमा लिएपछि अफगानिस्तानका पत्रकारहरूका लागि सूचनामा पहुँच नहुनु एउटा प्रमुख चुनौती बनेको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- २सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ३गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण
- ४समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- ५कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल



तपाईको कमेन्ट लेख्नुहोस्