सकियो राष्ट्रिय सहकारी बैंकद्वारा सञ्चालित नेपाल लेखामान तालिम
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा शनिवार देखि सञ्चालित तीन दिवसीय नेपाल लेखामान तालिम सोमबार सकिएको छ । सहकारी संस्थाहरुको लेखा व्यवस्थापनमा एकरूपता कायम गरी स्तरीय लेखा व्यवस्थापन मार्फत कानुनी परिपालनामा सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
तालिम समापनको अवसरमा बोल्दै बैंकका सञ्चालक ध्रुवराज विष्टले नेपालको सहकारी क्षेत्रमा वित्तीय विवरण तयार पार्दा अपनाउनुपर्ने लेखाका सिद्धान्त तथा मानहरू तयार गर्नको लागि बैंकले तालिम सञ्चालन गरेको बताए । नेपालको सहकारी क्षेत्रमा पहिलो पटक आयोजना भएको तालिममा चार्टड एकाउन्टेनहरु (सिए) राजकुमार फुयाँल र सुदिप घिमिरेले सहजीकरण गरेका थिए ।
तालिममा लेखामानका ४१ शीर्षकहरूमा छलफल भएको थियो । तालिममा देशभरका विभिन्न ४१ सहकारी संस्थाहरूबाट प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक, लेखा अधिकृत सहित संस्थामा लेखा हेर्ने ४५ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्