ताइवानको स्वतन्त्रताको वकालत गर्ने संगठन विरुद्ध चीनको कठोर कारबाही

बेइजिङ । चीनले ताइवान स्वतन्त्रताको वकालत गरेकोमा ‘प्रोस्पेक्ट फाउन्डेसन’ र ‘एशियन लिबरल एण्ड डेमोक्र्याट परिषद्’ विरुद्ध कठोर कारबाही गरेको बैंकक पोस्टले लेखेको छ ।
दुई ताइवानी संगठनहरूलाई कुनै पनि सहयोग गर्न निषेध गरिएको छ। संस्थाका प्रमुख व्यक्तिलाई मुख्य भूमि र हङकङ र मकाउका विशेष प्रशासनिक क्षेत्रहरूमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ, बैंकक पोस्टको समाचारमा उल्लेछ । ।
उनीहरुले चीन विरोधी शक्तिहरूसँग आफूलाई मिलाउन सबैतिर लागेका छन्, र उनीहरु ‘एक चीन, एक ताइवान’को पक्षपोषणमा लागिरहेको आरोप लगाइएको छ ।
यसैबीच, चीनले शुक्रबार संयुक्त राज्य अमेरिकाका लागि ताइवानका वास्तविक राजदूत सियाओ बि–खिम विरुद्ध नयाँ प्रतिबन्धको घोषणा गरेको छ । ताइवानको विदेश मन्त्रालयले बेइजिङको कदमको आलोचना गर्दै चीनलाई हस्तक्षेप गर्ने अधिकार नभएको एक विज्ञप्ति उल्लेख भएको क्योडो न्यूजले समाचार लेखेको छ।
कम्युनिष्ट नेतृत्वको चीन र ताइवान सन् १९४९ मा गृहयुद्धका कारण विभाजित भएदेखि अलग–अलग शासन गर्दै आएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्