चीन र यूएईद्वारा पाकिस्तानलाई एक अर्ब ३० करोड डलर बराबरको सहयोग घोषणा
काठमाडौं । पाकिस्तानलाई चीन र यूएईले गरी कुल एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगको घोषणा गरेका छन् । पाकिस्तानको विदेशी मुद्रा सञ्चिति बढाउन यूएईका अर्थमन्त्री इशाक डारले एक अर्ब डलरको प्रतिबद्धता जनाएका हुन ।
यस्तै, चीनले हिजो पाकिस्तानलाई ३० करोड अमेरिकी डलर उपलब्ध गराएको छ । पाकिस्तानले सन् २०१९ मा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ६ दशमलव ५ अर्ब डलरको बेलआउट प्याकेजमा हस्ताक्षर गरेको थियो ।
पटक–पटक सर्तबाट पछि हटेपछि अहिलेसम्म तीन अर्ब डलर मात्र प्राप्त गरेको समाचार संस्था एएफपीले जनाएको छ । पाकिस्तानको अर्थतन्त्र राजनीतिक सङ्कटसँगै धराशायी भएको छ । पाकिस्तानी रूपैयाँमा उच्च गिरावट आएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्