महिला सशक्तिकरण सम्बन्धि जी–२० बैठक भारतको तिरुवनन्तपुरममा सम्पन्न
केरला । भारतको अध्यक्षता भइरहेको जी–२० सम्मलेन अन्र्तगत महिला सशक्तिकरण विषयको बैठक भारतको केरला राज्यको तिरुवनन्तपुरममा समापन भएको छ । केन्द्रीय महिला तथा बाल विकास मन्त्रालयले आयोजना गरेको तीनदिने बैठकको नारा ‘महिला सशक्तिकरणः समानता र अर्थतन्त्रको उपलब्धि’ रहेको थियो ।
बैठकमा महिला उद्यमशीलता, नेतृत्व विकास र आर्थिक सशक्तिकरणका विषयमा छलफल भएको थियो । बैठकमा महिला सशक्तिकरणमा स्वास्थ्यको भूमिका, विज्ञान तथा गैरपरम्परागत क्षेत्रमा महिलाको सहभागितालगायत विषयमा पनि छलफल भएको थियो ।
बैठकको अध्यक्षता गरेकी डा संगीता रेड्डीले १ सय २१ भाषामा महिलाका लागि डिजिटल फ्लुएन्सी प्लेटफर्म र मेन्टरशिप प्लेटफर्म स्थापना गरिने जानकारी दिइन् । बैठकमा केन्द्रीय महिला तथा बाल विकास सचिव इन्दिवर पाण्डे, केन्द्र र राज्य सरकारका वरिष्ठ अधिकारीहरू र अन्य प्रतिष्ठित व्यक्तिहरू सहभागी भएका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्