हतियार राखेको आरोपमा पाकिस्तानमा चिनियाँ नागरिक पक्राउ
पेशावर । पाकिस्तानी प्रहरीले खैबर पख्तुनख्वाको कोहाट जिल्लाको दारा आदमखेल आदिवासी उपविभागबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उनलाई लाइसेन्स बिना पेस्तोल बोकेको आरोपमा मुद्दा दायर गरिएको डन पत्रिकामा समाचार प्रकाशित भएको छ । लि शिङ ली नाम गरेका चिनियाँ नागरिकलाई पनि सोमबार ट्राभल डकुमेन्ट पेश गर्न नसकेपछि विदेशी ऐन अन्तर्गत मुद्दा दायर गरिएको थियो।
घटनाको बारेमा विवरण दिँदै, दर्रा आदमखेल थानाका एसएचओ तारिक महमूदले लीलाई आइतवार मुख्य दर्रा बजारबाट पक्राउ गरिएको र सिन्धु राजमार्गमा पर्ने प्रहरी चौकीमा अधिकारीहरूलाई जिम्मा लगाइएको बताएका छन्। सएचओ महमूदले गुगल अनुवाद प्रयोग गरेर लीलाई अंग्रेजी र चिनियाँ भाषामा प्रश्न गरिएको तर उनले मौन रहेको बताए।
उनले भने, कोहाट अदालतका न्यायाधीशले पनि उनलाई सोधपुछ गरे, तर उनले प्रश्नहरूको जवाफ दिन अस्वीकार गरे। डन पत्रिकाका अनुसार उनलाई न्यायिक हिरासतको लागि कोहाट जेल पठाइएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्