सहकारी बैंकको साझेदारीमा तीन जिल्लाका सहकारीकर्मीलाई कोपोमिस तालिम
ललितपुर । जिल्ला सहकारी संघ लिमिटेड पाँचथरको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड फिदिम शाखाको साझेदारीमा तीन जिल्लाको सहकारी संस्थाका व्यवस्थापक तथा लेखा हेर्ने कर्मचारीहरूलाई लक्षित गरी आयोजना गरिएको सहकारी संघ संस्थाको एकीकृत विद्युतीय व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम सम्पन्न भएको छ ।
तालिममा ताप्लेजुङ्ग , तेह्रथुम र पाँचथरका २१ जनको सहभागिता रहेको थियो । तालिमको राष्ट्रिय सहकारी बैंकको फिदिम शाखाका प्रमुख सुमन कुमार श्रेष्ठले कोपोमिसमा आबद्धताको विषयमा सहजीकरण गरेका थिए ।
संघका अध्यक्ष रेणु प्रसाद ओझाको अध्यक्षता तथा फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्