राष्ट्रिय सहकारी बैंकको कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन
ललितपुर । राष्ट्रिय सहकारी बैक लिमिटेडको केन्द्रीय कार्यालय तथा उपत्यका भित्रको शाखा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको निरन्तर क्षमता अभिवृद्धि तालिम काठमाडौँमा सुरु भएको छ ।
बैंकको सेवालाई सक्षम, सुदृढ र उत्तरदायी बनाई, सेवाको प्रभावकारिता अभिवृद्धि गरी कर्मचारीहरूमा रहेको ज्ञान, सीप र क्षमतालाई समय सापेक्षरुपमा प्रवर्द्धन गर्दै आचरणमा समेत सुधार ल्याई सदस्यमैत्री कार्य गर्नको लागि सहायक तहका कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी बैंकको सेवालाई थप प्रभावकारी बनाउन तथा समन्वयकारी भूमिका निर्वाहको लागि तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।
शनिवार सम्म सञ्चालन हुने तालिम कार्यक्रममा सहायक स्तरका २८जना कर्मचारीहरूको सहभागिता रहेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्