ललितपुरका सहकारीकर्मीहरुलाई क्षमता अभिवृद्धि तालिम
ललितपुर । ललितपुर महानगरपालिकाको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड लगनखेल शाखाको संयोजनमा ललितपुरका सहकारीकर्मीहरुलाई २ दिवसीय लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । तालिम उद्घाटन बैंकका सञ्चालक रामहरि बजगाईँले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक बजगाईँले लेखा सुपरिवेक्षण समिति सक्रिय भएको सहकारी संस्थामा समस्या नभएको भन्दै सहकारी सुशासन र नियम सङ्गत सञ्चालनमा लेखा सुपरिवेक्षण समितिको महत्त्वपूर्ण भूमिका रहने बताए । तालिममा महानगरमा रहेका विभिन्न सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण अनिलवीर वज्रचार्यले गर्नु भएको थियो, भने समापन कार्यक्रमको सञ्चालन बैंकको लगनखेल शाखाका प्रमुख रमा घिमिरेले गरेका थिए । चैत्र ५ र ६ गते सञ्चालन भएको तालिमको समापन ललितपुर महानगर सहकारी शाखाका प्रमुख देव प्रसाद गुरागाईँले गरेका थिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्