रुकुम पश्चिममा प्रहरीद्वारा झण्डै ७ रोपनी बारीमा लगाइएको अफिम खेती नष्ट

रुकुमपश्चिम । प्रहरीले झण्डै सात रोपनी बारीमा लगाइएको अफिम खेती नष्ट गरेको छ। शनिवार रुकुमको आठबिसकोट नगरपालिका–१३ मा रहेको हम्फामा लगाइएको अफिम खेतीको नष्ट गरिएको हो ।
छुट्टाछुट्टै ठाउँमा गरेर झण्डै सात रोपनी जग्गामा अफिम खेती गरिएको थियो । इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा गएको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको बताइएको छ ।
अफिमको खेती कसले गरेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अफिम खेती नष्ट, #रुकुमपश्चिम
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्