आन्ध्र प्रदेशमा मार्च २८ देखि जी–२० सम्मेलन हुँदै

शाखापट्टनम । भारतको विशाखापट्टनममा मार्च २८ बाट हुने जी–२० शिखर सम्मेलनको लागि तयारी लगभग पूरा भएको छ । जी–२० सम्मेलनको तयारीका लागि मात्र रु १५७ करोड खर्च भइसकेको जिल्ला इन्चार्ज तथा स्वास्थ्य, परिवार कल्याण तथा चिकित्सा शिक्षामन्त्री विदुदला रजनीले जानकारी दिइन् ।
ग्लोबल इन्भेष्टर्स समिटको आयोजना गरिसकेपछि, विशाखापट्टनम जी–२० सम्मेलनको आयोजना गर्ने भएको छ । सम्मेलनमा विभिन्न देशका दुई सय प्रतिनिधि आउने भएकाले आवश्यक यातायात, आवास र सुरक्षा व्यवस्था पूरा गरिसकेको बताइएको छ ।
सम्मेलनको व्यवस्था अन्तर्गत विदेशी प्रतिनिधिले भ्रमण गरेका क्षेत्रमा पूर्वाधार निर्माण गरी ४६ किलोमिटर बीटी सडकको काम, २४ किलोमिटर पेन्टिङको काम र १० किलोमिटर फुटपाथ निर्माणको काम स्थायी रुपमा सम्पन्न भएको छ ।सम्मेलनमा जी–२० का सदस्य राष्ट्र र युरोपेली संघका देशहरू पनि सहभागी हुने भएका छन्।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्