भारतले मे १७ देखि १९ गतेसम्म पहिलो ग्लोबल टुरिजम इन्भेष्टर्स समिट आयोजना गर्दै

नयाँ दिल्ली । भारतको पर्यटन मन्त्रालयले बिहीबार नयाँ दिल्लीमा पहिलो ग्लोबल टुरिज्म इन्भेस्टर्स समिटको तयारी स्वरुप अन्तरक्रियाको आयोजना गरेको छ। भारतको अध्यक्षता भइरहेको जी–२० सम्मेलन अन्तर्गत भारत सरकारले मे १७ देखि १९ गतेसम्म नयाँ दिल्लीमा पहिलो ग्लोबल टुरिज्म इन्भेष्टर्स समिट आयोजना गर्ने भएको छ ।
जी–२० सम्मेलन भारतको पर्यटन क्षेत्रलाई विश्वव्यापी मञ्चमा प्रबद्धन गर्न विशेष अवसर हुने विश्वास गरिएको छ । पूर्वाधार, विश्वव्यापी सञ्जाल, उच्च आम्दानी र विदेशी लगानीकर्ताहरूको लागि अवसरहरू खोल्नाले भारतको पर्यटन बजार वृद्धिको हुने अपेक्षा गरिएको छ ।
भारत सरकारले पर्यटन र आतिथ्य क्षेत्रमा १०० प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गर्ने जनाउको छ । विभिन्न राज्यले होमस्टे, पूर्वाधार, वेलनेस टुरिजम, इको टुरिजम आदिका लागि निजी लगानी आकर्षित गर्न प्रोत्साहन र सहुलियतहरू प्रदान गरिरहेका छन्।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्