फ्रान्सका पूर्वप्रधानमन्त्री एडुआर्ड फिलिप आजदेखि भारतको भ्रमण गर्दै

नयाँ दिल्ली । पूर्व फ्रान्सेली प्रधानमन्त्री एडुआर्ड फिलिपले द्विपक्षीय आर्थिक सम्बन्ध, विशेष गरी बन्दरगाहहरूमा सहयोग, र स्थानीय सरकारहरू बीचको विकेन्द्रीकृत सहयोगलाई बढावा दिन आज देखि ४ दिने भारत भ्रमण गर्दैछन् । उनी हाल फ्रान्सको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह सहर ले—हाभ्रेको मेयर भएको भारतस्थित फ्रान्सेली दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आफ्नो भ्रमणको क्रममा, एडवार्ड फिलिपले दिल्ली र मुम्बईको यात्रा गर्नेछन्। फिलिपले विदेश मन्त्री एस जयशंकरसँग भेट गर्नेछन् । उनले बन्दरगाह, जहाज र जलमार्गका केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालसँग भेटघाट गरी बन्दरगाह सहयोग, विशेष गरी ब्लु इकोनोमी र इन्डो—फ्रान्सेली रोडम्याप कार्यान्वयन गर्ने सम्बन्धमा छलफल गर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
भ्रमणको क्रममा फ्रान्स र भारत बीचको व्यापारलाई प्रवर्द्धन गर्न, फिलिपले धेरै प्रमुख भारतीय लगानीकर्ताहरूलाई भेट्नेछन्, र इन्डो—फ्रान्सेली च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीद्वारा आयोजित व्यापार पुरस्कार समारोहमा विशेष अतिथिको रूपमा सहभागिता जनाउनेछन् । आफ्नो मुम्बई भ्रमणको क्रममा एडुअर्ड फिलिपले बृहन्मुम्बई नगरपालिका आयुक्त इकबाल सिंह चहललाई भेटेर दुई बन्दरगाह सहर ले हाभ्रे र मुम्बई बीचको सहयोगका अवसरहरूबारे छलफल गर्नेछन्।
यो उनको पहिलो आधिकारिक भारत भ्रमण भएकोले फिलिपले भारतको इतिहास र संस्कृतिका बारेमा गहिरो अन्तर्दृष्टि प्राप्त गर्ने प्रयास गर्नेछन्। उनले प्रख्यात भारतीय लेखक, इतिहासकार र कलाकारका साथै नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गर्नेछन्। उनले अप्रिल २०१७ देखि जुलाई २०२० सम्म फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको सरकारको प्रधानमन्त्री भएका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्