भारत, अष्ट्रेलिया, जापान, अमेरिका, फ्रान्स र बेलायतका नौ सेना संयुक्त ला पेरोस अभ्यासमा
नयाँ दिल्ली । रोयल अष्ट्रेलियाली नौसेना, फ्रान्सेली नौसेना, भारतीय नौसेना, जापानी समुद्री सेल्फ—डिफेन्स फोर्स, शाही नौसेना र संयुक्त राज्य अमेरिकाको नौसेना संयुक्त ला पेरोस अभ्यासमा सहभागि हुने भएका छन् । बहुपक्षीय अभ्यास ला पेरोसको तेस्रो संस्करण हिन्द महासागर क्षेत्रमा मार्च १३—१४ सम्म सञ्चालन हुनेछ। यो अभ्यास फ्रान्सेली नौसेना द्वारा आयोजित छ ।
यस्तै इन्डो—प्यासिफिक क्षेत्र मा सहभागी नौसेनाहरु बीच सामुद्रिक क्षेत्र जागरूकता र अनुकूलन सामुद्रिक समन्वय अभिवृद्धि गर्न यो अभ्यास भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । दुई दिने अभ्यासले समान विचारधारा भएका नौसेनालाई सामुद्रिक सञ्चालनका लागि योजना, समन्वय र सूचना आदानप्रदानमा घनिष्ठ सम्बन्ध विकास गर्ने अवसर प्रदान गरेको भारतीय रक्षा मन्त्रालयद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
ला पेरोस अभ्यासले जटिल र उन्नत नौसेना अपरेशनहरू समावेश गर्दछ, जसमा सतह युद्ध, वायु विरोधी युद्ध, वायु रक्षा अभ्यास, क्रस—डेक ल्यान्डिङ र रणनीतिक युद्धाभ्यासहरू समावेश छन्।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्