पीएनजीमाथि नेपालको सानदार जित, विश्वकप क्वालिफायरमा पुग्न एक खेल जित्नुपर्ने
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलामा पपुवा न्युगिनी पीएनजीविरुद्धको खेल ९ विकेटको फराकिलो अन्तरले जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाली स्पिनर हावी भएको खेलमा पाएको ९५ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर भेट्टाएको थियो । घरेलु मैदानमा भइरहेको लिग टू को अन्तिम शृंखलामा लगातार तीन खेल जितेपछि अब नेपाल विश्वकप क्वालिफायरमा पुग्न अव एक जिते मात्रै पुग्छ ।
नेपालले आइतबार मात्र यूएईलाई हराउँदै ओडीआई मान्यता कायम राखिसकेको थियो । अब नेपालको लक्ष्य लिग टू को शीर्ष तीनमा रहेर जिम्बावेमा आगामी जुन(जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्नेमा छ । त्यसका लागि नेपालले आउने बिहीबार हुने लिग टू कै अन्तिम खेलमा युएईलाई हराउनुपर्नेछ । पछिल्लो एक महिना शानदार लयमा रहेको नेपालले ११ मध्ये १० खेल जितिसकेको छ ।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्