पाकिस्तानमा डाँकाहरूद्वारा प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी अपहरण
सिन्ध । पाकिस्तानको सिन्धको कन्धकोट तहसील नजिकैको दुर्रानी मेहरको कच्चा क्षेत्रमा शनिबार डाँकाहरूले प्रहरी चौकीमा आक्रमण गरेका छन् भने दुई प्रहरीलाई अपहरण गरेको, पाकिस्तानमा आधारित एआरवाई न्यूजले समाचार लेखेको छ ।
विवरण अनुसार दुर्रानी मेहरको कच्चा क्षेत्रमा रहेको प्रहरी चौकीमा डाँकाले आक्रमण गर्दा शनिबार दुई प्रहरी सज्जाद जाखरानी र गफ्फार अपहरणमा परेका थिए । सिन्ध मन्त्रिपरिषद्ले मार्चमा कच्चा क्षेत्रमा डाँका विरोधी अभियान सुरु गर्न सैन्य—ग्रेड हतियारहरूको लागि कोषलाई अनुमोदन गरेको थियो। मन्त्रिपरिषद्को बैठकमा गत माघ २० गते बसेको सर्वोच्च समितिको बैठकले २ अर्ब ७ करोड रुपैयाँ आवश्यक पर्ने सैन्य दर्जाका हतियार खरिदका लागि सिफारिस गरेको जानकारी गराएको थियो ।
प्रान्तीय मन्त्रिपरिषद्ले आवश्यक हतियार खरिद र कोषलाई स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को स्वीकृतिपछि सिन्ध सरकारले गृह मन्त्रालयबाट एनओसी पाउनेछ । एआरवाई न्यूजका अनुसार, सिन्ध क्याबिनेटले कच्चा क्षेत्रमा डाँकाहरू विरुद्ध संयुक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको छ, जसमा सिन्ध, पञ्जाब र बलुचिस्तान पुलिस विभागहरू सहभागी हुनेछन्।
जनवरीमा, सिन्ध पुलिसले सैन्य स्तरको अत्याधुनिक र भारी हतियार खरिद गर्न पाकिस्तानी रुपैयाँ २.७९ बिलियन मागेको थियो। यसैगरी बलुचिस्तानको खुजदार जिल्लामा रिमोट कन्ट्रोल विस्फोट हुँदा दुई प्रहरीको मृत्यु भएको छ भने दुई जना घाइते भएको पाकिस्तानी पत्रिका डनले उल्लेख गरेको छ । (एएनआई)
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्