रुसी राष्ट्रपति भारतमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने !
नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सेप्टेम्बरमा भारतमा हुने जी–२० शिखर सम्मेलनमा व्यक्तिगत रूपमा उपस्थित हुने सम्भावना देखिएको ब्लुमबर्गले खुलासा गरेको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार सम्मेलनको मितिको छेउछाउ राष्ट्रपति पुटिनको सबै कार्यक्रम खाली राखिएको छ ।
युक्रेनमा युद्धलाई लिएर बढ्दो दबाबको बीचमा पुटिनले पछिल्लो दुई जी– शिखर सम्मेलनमा सहभागी भएका छ्रैनन् । पुटिनको तालिकासँग परिचित स्रोतहरूले नाम न छाप्ने सर्तमा दाबी गरेका छन् कि यसपालीको जी–२० शिखर सम्मेलनमा पुटिनले सहभागी हुने योजना बनाएको छ, यद्यपि अन्तिम निर्णय भने भइसकेको छैन।
यद्यपी, पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले टिप्पणी गर्न अस्वीकार गरेका छन्। भारतले पुटिनलाई सेप्टेम्बर ९—१० मा हुने जी–२० नेताहरूको शिखर सम्मेलनको लागि औपचारिक निम्तो दिएको छ भने रसियाले निम्तोलाई स्वीकार गरेको छ ।
मार्चको सुरुमा नयाँ दिल्लीमा भएको जी–२० विदेश मन्त्रीहरूको बैठकले युक्रेनमा रसियाको युद्धलाई लिएर सहभागी राष्ट्रबीच मत विभाजन भएको थियो । बालीमा अघिल्लो वर्ष भएको जी–२० शिखर सम्मेलनमा रूस र चीनले संयुक्त वक्तव्यलाई अवरुद्ध गरेपछि संयुक्त विज्ञप्ति बिना समाप्त भएको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्