जापानी प्रधानमन्त्री किशिदा फुमियो मार्च २० देखि भारत भ्रमण गर्दै
नयाँ दिल्ली । जापानका प्रधानमन्त्री किशिदा फुमियोले मार्च २०—२१ मा दुई दिने भारतको औपचारिक भ्रमण गर्नेछन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्ताको क्रममा दुवै पक्षले आपसी हितका द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल गर्नेछन् ।
यस्तै, उनीहरूले जी—७ र जी—२० को आ—आफ्नो अध्यक्षताका लागि आफ्नो प्राथमिकताहरू पनि छलफल गर्नेछन्। भारत हाल २०२३ को लागि जी—२० अर्थव्यवस्थाहरूको समूहको अध्यक्ष छ । जापानी संसदको चलिरहेको सत्रका कारण जापानी विदेशमन्त्री योशिमासा हयासी जी २० विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुन सकेनन्।
यद्यपी जापानी विदेशमन्त्रीले मार्च ३ को बिहान आठौं रायसिना संवादमा भाग लिएका थिए। उनले ‘द क्वाड स्क्वाडः पावर एण्ड पर्पज अफ द पोलिगन’ नामक प्यानल छलफलमा भाग लिएर क्वाड भनेको काउन्टर गर्ने प्रयास नभएको बताए ।
मन्त्री हयासीले मौलिक मूल्यमान्यता बाँडफाँड गर्ने चार देश भएकाले कानूनको शासनमा आधारित स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्न र अभिवृद्धि गर्ने प्रयासको नेतृत्व गर्न क्वाडले चाहेको पनि बताए।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्