भारत, अमेरिका रणनीतिक व्यापार वार्ता सुरु गर्न सहमत
नयाँ दिल्ली । भारतीय विदेश मन्त्री एस जयशंकर र अमेरिकी वाणिज्य मन्त्री जीना रायमन्डोसँग भेटवार्तामा भारत—अमेरिका रणनीतिक व्यापार वार्ता सुरु गर्न सहमत भएका छन् । भारतको विदेश मन्त्रालयबाट विदेश सचिव र अमेरिकी वाणिज्य विभागमा उद्योग र सुरक्षा ब्यूरोका उपमन्त्री वार्तामा सहभागी हुनेछन् ।
रणनीतिक व्यापार संवादले निर्यात नियन्त्रणलाई सम्बोधन गर्नेछ भने उच्च प्रविधि वाणिज्य अभिवृद्धि गर्ने तरिकाहरू खोज्नेछ र दुई देशबीच प्रविधि हस्तान्तरणलाई सहज बनाउने भारतीय विदेश मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रेमन्डो वाणिज्य मन्त्रीको रूपमा आफ्नो पहिलो भारत भ्रमणमा थिइन्। उनले अमेरिका—भारत सम्बन्ध र थप आर्थिक सहयोगका अवसरहरूबारे छलफल गर्न जयशंकरसँग भेट गरेकी थिइन्। रायमन्डोले अमेरिका—भारत सीईओ फोरम (सीईओ फोरम) र यूएस—भारत वाणिज्य संवाद मार्फत जारी सहयोग र निकट व्यावसायिक सम्बन्धको सम्भावना सहित बाइडेन प्रशासन र विभागमा दुइ देशबीचको द्विपक्षीय सम्बन्धको महत्त्वलाई जोड दिइन्।
दुवै मन्त्रीहरूले भारत—अमेरिका रणनीतिक साझेदारी र क्रिटिकल र इमर्जिङ टेक्नोलोजी (आईसीईटी) र इन्डो—प्यासिफिक इकोनोमिक फ्रेमवर्क (आईपीईएफ) मार्फत दुई देशहरू बीच आर्थिक र व्यावसायिक संलग्नतालाई गहिरो बनाउन जारी प्रयासहरूको बारेमा फलदायी छलफल गरेका थिए।
लचिलो र भरपर्दो विश्वव्यापी आपूर्ति शृङ्खलाहरू निर्माण गर्न दुवै देशको साझा प्राथमिकतालाई ध्यानमा राख्दै उनीहरूले द्विपक्षीय रणनीतिक र उच्च प्रविधि व्यापार बढाउनुपर्ने आवश्यकतामा पनि सहमत भए।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्