Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

भारतको अध्यक्षतामा जी–२० को प्रभावकारी भूमिकाः भारतका लागि अजेन्टिनाका राजदूत


नयाँ दिल्ली । भारतका लागि अर्जेन्टिनाका राजदूत ह्युगो जाभियर गोबीले भारतको अध्यक्षता रहेको जी–२० ले विश्वव्यापी एजेन्डा अगाडि बढाउन महत्त्वपूर्ण नेतृत्व भूमिका खेल्दै आएको बताएका छन्।

केन्द्रीय विदेश राज्यमन्त्री मीनाक्षी लेखीले सोमबार दिल्लीमा आयोजना गरेको होली महोत्सव २०२३ मा उनले उक्त टिप्पणी गरेका हुन् ।

भारतका लागि अर्जेन्टिनाका राजदूत गोबीले होलीको उत्सव मनाउन पाउँदा खुसी व्यक्त गरे। उनले भारतलाई सधैँ समर्थन गर्दै आएको अर्जेन्टिनाले भारतको जी–२० नेतृत्वबाट धेरै आशावादी भएको र अहिलेसम्म भारतले गरेको कार्य प्रशंसायोग्य रहेको उनले बताए ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं