दक्षिण कोरियामा नयाँ नियम लागू, सातामा ६९ घण्टासम्म काम गर्न पाइने
काठमाडौं । दक्षिण कोरियाको सरकारले एकसातामा ५२ घण्टा काम गर्न पाउने निमयलाई परिवर्तन गरेर ६९ घण्टा पुर्याउने भएको छ । कोरियाली सरकारले सोमबार प्रस्तुत गरेको नयाँ नियमअनुसार कम्पनीले चाहेमा अब कामदारहरुलाई साताको ६९ घण्टासम्म काम लगाउन सक्ने व्यवस्था भएको एएफपीले जनाएको छ ।
यसअघि ४० घण्टा नियमित र १२ घण्टा ओभरटाइम गरी ५२ घण्टा काम गर्न पाउने व्यवस्था थियो । सन् २०२१ देखि पूर्ण रुपमा लागू भएको ५२ घण्टे व्यवस्थालाई रोजगारदाता कम्पनीहरुले विरोध गरेपछि सरकारले बढाएको हो । अब कम्पनीमा धेरै काम हुँदा दिनमा १३ घण्टासम्म र हप्तामा ६९ घण्टासम्म काम लगाउन सक्नेछन् ।
नियममा कामदारले दिनको ११ घण्टा आराम अनिवार्य गरिने उल्लेख छ । नयाँ नियमअनुसार कम्पनीहरूले सातामा मात्र नभइ मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक आधारमा ओभरटाइम व्यवस्थापन गर्न पनि सक्नेछ । नयाँ नियमअनुसार कामको व्यवस्थापन गर्दा कामदारसँग पनि कामको अवधिबारे सम्झौता हुनुपर्ने व्यवस्था छ ।
कोरियामा अहिले १६ वटा देशबाट ईपीएसमार्फत् झन्डै चार लाख कामदार काम गरिरहेका छन् । रोजगारदाताहरुले सरकारको नियमलाई स्वागतयोग्य भनेका छन् भने ट्रेड युनियनहरुले रोजगारदातालाई फाइदा हुने गरी ल्याएको नियम भन्दै विरोध गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #दक्षिण कोरिया
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्