Techie IT
  • २७ असार २०८२, शुक्रबार
KhojPatrika

पानी जहाज दुर्घटनामा दुई पाकिस्तानी नागरिकको मृत्यु, सत्रजनाको उद्धार


इटाली । दक्षिणी इटालीको तटमा एउटा पानी जहाज दुर्घटनामा परी कम्तीमा दुई पाकिस्तानी नागरिकको मृत्यु हुनुका साथै १७ जनालाई उद्धार गरिएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

जहाजमा रहेका दुई जना अझै बेपत्ता छन्, पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले बिहीबारको साप्ताहिक पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

‘रोममा रहेको हाम्रो दूतावासले जीवित व्यक्तिहरूको कल्याण र मृतकको शवको ढुवानीका लागि इटालियन अधिकारीहरूसँग सक्रिय रूपमा संलग्न रहेको छ ’ बलोचले भनेका छन् ।

गत फेब्रुअरी २४ मा भएको दुर्घटनामा ६४ भन्दा बढी शरणार्थीहरूको मृत्यु भएको थियो । जहाजमा एक सय भन्दा बढी शरणार्थी बोकेको बताइएको छ ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्