अमेरिकाले मणिपुरको पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्ने
इम्फाल । संयुक्त राज्य अमेरिकाले मणिपुरमा ५० करोड अमेरिकी डलर लगानी गर्न सहमत भएको छ । अमेरिकाले उक्त क्षेत्रमा लगानी गर्ने मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहले बताएका छन् । अमेरिकाको एउटा कम्पनीले पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्ने औपचारिक आश्वासन दिएको मुख्यमन्त्री एन वीरेनले इम्फालको इबुधौ मार्जिङ पोलो कम्प्लेक्समा पत्रकारहरुलाई जानकारी दिएका छन् ।
मुख्यमन्त्री र अमेरिकी प्रतिनिधिहरूबीच भएको पछिल्लो वार्तामा यस्तो आश्वासन दिइएको मुख्यमन्त्रीले पत्रकारलाई बताएका छन् । त्यसैगरी अर्जेन्टिना र पेरुका प्रतिनिधिले पनि प्रदेशबाट महिला स्वास्थ्यकर्मी पठाउन मणिपुर सरकारसँग सहयोग मागेका छन् ।
मुख्यमन्त्रीले मणिपुरका केही महिला नर्सहरू पनि हाल जापानमा सम्झौताअनुसार काम गरिरहेको बताए । मुख्यमन्त्री एन वीरेनले अर्जेन्टिनाका प्रतिनिधिहरुले मणिपुर भारतको फुटबलमा पावरहाउस भएको भन्दै खुसी व्यक्त गरेको बताए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्