Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

अमेरिकाले मणिपुरको पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्ने


इम्फाल । संयुक्त राज्य अमेरिकाले मणिपुरमा ५० करोड अमेरिकी डलर लगानी गर्न सहमत भएको छ । अमेरिकाले उक्त क्षेत्रमा लगानी गर्ने मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहले बताएका छन् । अमेरिकाको एउटा कम्पनीले पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्ने औपचारिक आश्वासन दिएको मुख्यमन्त्री एन वीरेनले इम्फालको इबुधौ मार्जिङ पोलो कम्प्लेक्समा पत्रकारहरुलाई जानकारी दिएका छन् ।

मुख्यमन्त्री र अमेरिकी प्रतिनिधिहरूबीच भएको पछिल्लो वार्तामा यस्तो आश्वासन दिइएको मुख्यमन्त्रीले पत्रकारलाई बताएका छन् । त्यसैगरी अर्जेन्टिना र पेरुका प्रतिनिधिले पनि प्रदेशबाट महिला स्वास्थ्यकर्मी पठाउन मणिपुर सरकारसँग सहयोग मागेका छन् ।

मुख्यमन्त्रीले मणिपुरका केही महिला नर्सहरू पनि हाल जापानमा सम्झौताअनुसार काम गरिरहेको बताए । मुख्यमन्त्री एन वीरेनले अर्जेन्टिनाका प्रतिनिधिहरुले मणिपुर भारतको फुटबलमा पावरहाउस भएको भन्दै खुसी व्यक्त गरेको बताए ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं