Techie IT
  • २० असार २०८२, शुक्रबार
KhojPatrika

राष्ट्रिय सहकारी बैंकको अर्धवार्षिक समीक्षा कार्यक्रम


ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा कार्यक्रम काभ्रेपलाञ्चोकको धुलिखेलमा सुरु भएको छ । बिहीबार ललितपुरमा भएको समीक्षा कार्यक्रम शुक्रवार र शनिवार धुलिखेलमा हुनेछ ।

कार्यक्रम उद्घाटनमा बैंकका अध्यक्ष के.बी.उप्रेतीले चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनाको समीक्षा गर्दै चालु आर्थिक वर्षको लक्ष्यमा केन्द्रित हुन शाखा प्रमुखहरूलाई निर्देशित गर्दै, उहाँले बैंकको उद्देश्य हासिल गर्नको लागि शाखा प्रमुखहरूलाई आग्रह गरे । बैंकका सदस्य सेवा महाशाखाका प्रमुख रामबाबु आचार्यले उद्घाटन कार्यक्रमको सहजीकरण गरेका थिए ।

शनिबारसम्म सञ्चालन हुने कार्यक्रममा बैंकको ६८ वटै शाखा कार्यालयहरूको समीक्षा र रणनीतिक समीक्षा गर्दै, बैंकले लिएको लक्ष्य, उद्देश्यहरूमा हालसम्मको उपलब्धि र थप कार्य योजनाको साथै सहकारी क्षेत्र सहित समग्र वित्तीय क्षेत्रमा देखिएको पछिल्लो समस्या र समाधानको विषयमा समेत छलफल हुने बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी उप्रेती, लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती, बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं, नायब प्रमुख कार्यकारी अधिकृत मनोज खड्का, नायब महाप्रबन्धक राजेश श्रेष्ठ सहित विभागीय प्रमुखहरू र ६८ शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागिता रहेको छ ।


क्याटेगोरी : अर्थ, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं