अपराजित हुँदै नेपालले पायो सिरिजको उपाधि
काठमाडौं । नेपालले घरेलु मैदानमा अपराजित हुँदै आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज जितेको छ । मंगलबार भएको सिरिजको अन्तिम खेलमा स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले अपराजित हुँदै सिरिज जितेको हो । नेपालले घरेलु मैदानमा भएको यो सिरिजको चारै खेलमा जित निकाल्न सफल भएको हो ।
एकदिवसीय क्रिकेटमा नेपालले लगातार चार खेलमा जित निकालेको यो पहिलो पटक हो । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि कप्तान रोहित कुमार पौड्यलले ९५ रनको अर्धशतकीय पारी खेले ।
१०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै करण केसीले ३१ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २१, कुशल मल्ल १७ र आसिफ सेखले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । स्कटल्यान्डका लागि मार्क उटले तीन विकेट लिए ।
त्यस्तै क्रिस ग्रेवासले दुई विकेट हात पारेका थिए । जितसँगै नेपालले लिग २ मा २८ खेल खेलेको नेपालले २६ अंक जोडेको छ । नेपाललाई अब एकदिवसीय मान्यता जोगाउन आठ खेलमध्ये ५ खेलमा जित आवश्यक छ ।
नेपालले अन्तिम त्रिकोणात्मक सिरिज घरेलु मैदानमा खेल्नेछ । त्यसअघि नेपालले यूएईमा पीएनजी र यूएईसँग सिरिज खेल्नेछ । च्याम्पियन स्कटल्यान्डको भने ३६ खेलबाट ५० अंक छ ।
क्याटेगोरी : प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #त्रिकोणात्मक एकदिवसीय सिरिज, #विश्वकप लिग
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्