बेल्जियममा चिनियाँ यौनकर्मीको तस्करी गर्ने गिरोह पक्राउ
सेल्स । बेल्जियम प्रहरीले चिनियाँ यौनकर्मीको तस्करी गर्ने अन्तर्राष्ट्रिय समूहका २५ जना संदिग्धलाई पक्राउ गरेको बताएको छ। यस्तै, बेल्जियमका धेरै सहरहरूमा दुई दर्जन ठेगानाहरूमा गरिएको खानतसासीमा २० भन्दा बढी तस्करी गरिएका चिनियाँ नागरिकलाई उद्दार गरिएको छ ।
बेल्जियमको संघीय अभियोजन सेवाका प्रवक्ता एरिक भान ड्युसेले एएफपीलाई भने, ‘मानव बेचबिखन सर्कलहरूमा हालैका वर्षहरूमा यो सबैभन्दा ठूलो सङ्ख्यामा पक्राउ गरिएको हो ।’
पक्राउ परेका अधिकांश चिनियाँ पृष्ठभूमिका थिए भने तीनजनासँग बेल्जियमको नागरिकता थियो। संगठनले यौन गतिविधिका लागि होटल र घरहरूको अनलाइन भाडामा प्रयोग गरेको आरोप लगाइएको छ । महिलाहरूले कमाएको पैसाको हिस्सा गिरोहले आफ्नै राख्ने गरेको बताइएको छ ।
गिरोहले प्रयोग गरेको भनिएका धेरै महिलाहरू वैध युरोपेली रेसिडेन्सी कागजातहरू विहिन थिए । ब्रसेल्स, एन्टवर्प, चार्लेरोई, लुभेन, लुभेन र न्युफचेटोमा २६ ठेगानामा छापा मारिएको थियो । बेल्जियममा पक्राउ परेका २६ संदिग्धहरूलाई पुलिसले सोधपुछ गरिरहेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्