चीनको मेगा रेलवे परियोजनाको कारण पाकिस्तान थप संकटमा
लाहोर । पाकिस्तानले चीनको ऋणको आर्थिक भार वहन गर्न नसक्ने बताएको छ । पाकिस्तानले चीनसँग मेगा रेलवे परियोजनाको लागत ४० प्रतिशतले घटाउन चीनसँग वार्ता गर्ने योजना रहेको पाकिस्तानी मन्त्रीले बताएका छन् ।
चीनसँग वार्ता गर्न मन्त्रालयले संघीय मन्त्रिपरिषद्को स्वीकृति लिने रेलमन्त्री ख्वाजा साद रफिकले भने। दुई राष्ट्रले नोभेम्बरमा दक्षिणको कराँचीदेखि पेशावरसम्मको १,१६३ माइलको ट्र्याक अपग्रेड गर्न सहमत भएका थिए। ‘यति ठूलो ऋण कसरी तिर्ने,’ रफिकले भने ।
पाकिस्तान दक्षिण एसियाली राष्ट्रमा सम्पन्न भएको २९ अर्ब डलरभन्दा बढीको परियोजनासहित राष्ट्रपति सी जिनपिङको बेल्ट एण्ड रोड इनिसियटिभको प्रमुख गन्तव्य भएको छ। पाकिस्तानको करिब ३० प्रतिशत विदेशी ऋण चीनको रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषले गत वर्षको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्