पाकिस्तानका ४० फार्मा कम्पनीद्वारा उत्पादन बन्द गर्ने चेतावनी
इस्लामावाद । पाकिस्तानका तीन दर्जनभन्दा बढी औषधि कम्पनीहरूले कच्चा पदार्थको अभाव र मूल्यवृद्धिको मागमा ढिलाइ भएको भन्दै उत्पादन बन्द गर्ने चेतावनी दिएका छन् ।
यद्यपी, स्वास्थ्य मन्त्रालयले भने सरकारले देशमा औषधिको अभाव हुन नदिने आश्वासन दिएको छ । कच्चा पदार्थ अभाव भएको भन्दै एक साताभित्र उत्पादन बन्द गर्न लागेका ४० कम्पनीले र औषधि नियामक निकाय पाकिस्तान ९ड्राप० लाई जानकारी दिएका छन् ।
यसबाहेक, उनीहरूले ‘हार्डशिप श्रेणी’ अन्तर्गत मूल्यवृद्धिको माग गर्ने आफ्ना मुद्दाहरू अदालतले निर्णय नगरेको दाबी गरे। पाकिस्तान फार्मास्युटिकल म्यानुफ्याक्चरर्स एसोसिएसन (पीपीएमए)का अध्यक्ष सैयद फारुक बुखारीले आफूहरुले औषधीको मूल्य २८.५ प्रतिशत वृद्धिको माग गरेको डनले लेखेको छ ।
“२०१८ मा एक अमेरिकी डलर बराबर पाकिस्तानी रुपैयाँ १ सय ४० रुपैयाँ थियो तर अहिले रुपैयाँको अवमूल्यनका कारण त्यो मूल्य बढेर २ सय ७० रुपैयाँ पुगेको छ । यो अवस्थाका कारण ४० कम्पनीले स्वास्थ्य मन्त्रालय र ड्रेपलाई एक सातापछि औषधि उत्पादन जारी राख्न नसक्ने पत्र लेखेका छन्,’ उनले भने ।
फार्मा ब्यूरोका कार्यकारी निर्देशक आयशा टम्मी हकले कम्पनीहरूले डलरको चरम अभावको सामना गरिरहेको डनमा समाचार लेखिएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्