म्याद नाघेका २१ सय कार्टुन बाह्रसिंगे बियर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद सकिएका बियर नियन्त्रणमा लिएको छ । मंगलबार बजार अनुगमनको क्रममा विभागले बाह्रसिङ्गे ब्राण्डका उपभोग्य मिति सकिएका करिब २ हजार १०० कार्टुन बियर बरामद गरेको हो ।
विभागका अनुसार याक ब्रुअरी कम्पनीद्वारा उत्पादित उक्त बियर धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाईमेक्स ट्रेडिङ्को गोदाममा भण्डार गरिरहेको अवस्थामा निरीक्षण टोलीले फेला पारेको हो ।
उक्त बियर आवश्यक कारबाहीका लागि सिलबन्दी गरिएको विभागले जनाएको छ । ६ सय ५० मिलि लिटर र ३३० मिलि लिटरका बोत्तलमा रहेका बियरको बजार मूल्य करिब ६० लाख भन्दा बढी पर्ने देखिएको विभागले जनाएको छ ।

क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, समाचार
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्