भारतले अन्तर्राष्ट्रिय इन्टरनेट गेटवेका लागि भुटानलाई सहयोग गर्ने
थिम्पु । भारतले भुटानको तेस्रो अन्तर्राष्ट्रिय इन्टरनेट गेटवेको विकासका लागि सहयोग गर्ने घोषणा गरेको छ। भुटानस्थित भारतीय दूतावासका अनुसार सरकारले गेटवे सञ्चालनको लागत कम गर्न सहुलियत दरमा ऋण सहजीकरण गर्ने जनाएको छ ।
नयाँ गेटवेले रिडन्डन्सी बढाउनुको साथै भुटानको ग्रामिण भेगमा जडान हुने, इन्टरनेट ब्यान्डविथ बढ्ने र प्रयोगकर्ताहरूको लागि इन्टरनेट जडानको लागत घट्ने थिम्पुस्थित भारतीय दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भारतले भुटानसँग प्रविधि पहलहरूमा सहकार्य गर्दै आएको छ। भुटानको राष्ट्रिय कार्यक्रम ‘डिजिटल ड्रुकुल’ अन्तर्गत भुटानका सबै २० जिल्लामा गेउग ९गाउँ० सम्म अप्टिकल फाइबर उपलब्ध गराइएको छ ।
थप रूपमा, टेलिमेडिसिन सेवा, अनुसन्धान र शिक्षाको क्षेत्रमा भुटानका प्रयोगकर्ताहरूको फाइदाको लागि भारतको राष्ट्रिय ज्ञान नेटवर्क र भुटानको ड्रक रिसर्च एण्ड एजुकेशन नेटवर्क बीच सम्झौता भएको छ ।
भारतले भुटानका लागि तेस्रो अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे, सामाजिक फाइदाका लागि अन्तरिक्ष प्रविधिको उपयोग, ुडिजिटल ड्रुक्युलु, एनकेएन–ड्रुक्रेन शिक्षा नेटवर्क, भारत–भुटान ई—लाइब्रेरी परियोजना, सीमापार फिनलगायतका क्षेत्रमा भुटानसँग सहकार्य गरिरहेको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्