सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्रीलाई निम्तो
नयाँ दिल्ली । भारतले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो र अन्य सदस्यहरूलाई यस वर्षको मेको सुरुमा गोवामा हुन लागेको सांघाई सहयोग संगठन (एससीओ) मन्त्रीहरूको बैठकमा भाग लिन आमन्त्रित गरेको अधिकारीहरूले पुष्टि गरेका छन्। यस वर्ष जुनमा हुने अपेक्षा गरिएको एससीओ शिखर सम्मेलनको निमन्त्रणा पनि छिट्टै पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफलाई जानेछ।
जनवरी १७ मा वाराणसीमा एससीओ संयोजकहरूको तेस्रो बैठक र भारतीय एससीओ राष्ट्रिय संयोजक योजना पटेलको नेतृत्वमा दिल्लीमा भएको अघिल्लो बैठकहरूमा दुवै बैठकको मिति र स्थानहरूबारे छलफल भएको थियो। पाकिस्तानको एससीओ राष्ट्रिय संयोजकले वाराणसी बैठकमा सहभागी भएका थिए । यद्यपि संयोजकहरूले एससीओ को क्षेत्रीय आतंकवाद विरोधी संरचना बैठक लगायत अघिल्लो बैठकहरूको लागि गत वर्ष भारत भ्रमण गरेका थिए।
भारतले यस वर्ष एससीओ समूहको अध्यक्षता गरिरहेकोले एससीओ शिखर सम्मेलनको निमन्त्रणा नियमित कुरा मानिन्छ, तर एक दशकपछि पाकिस्तानी नेतृत्वलाई भारतमा ल्याइने भएकाले यसलाई महत्वको साथ हेरिएको छ । भारतले चिनियाँ र रुसी नेतृत्वलाई पनि यही वर्ष भारतमा भ्रमणमा ल्याउने योजना बनाएका छन् । उनीहरूलाई जी–२० कार्यक्रमहरूमा पनि आमन्त्रित गरिएको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्