कास्कीका सहकारीकर्मीहरुलाई योगिक तनाव व्यवस्थापन प्रशिक्षण
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको विशेष सहयोग तथा कोअपरेटिभ म्पानेजर्स क्लब कास्कीको आयोजनामा कास्की जिल्लाका सहकारीकर्मीहरुलाई योगिक तनाव व्यवस्थापन प्रशिक्षण प्रदान गरिएको छ ।
बुधवार सहकारीका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरू तथा कर्मचारीहरूलाई लक्षित गरी आयोजना प्रदान गरिएको प्रशिक्षण कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सीले तनावपूर्ण जीवनका मुख्य कारण– काम, क्रोध, लोभ, मोह, ईर्ष्या, प्रतिस्पर्धा, वातावरण र रोग व्याधि भएको बताउनु हुँदै, तनावको अवस्था सिर्जना भएमा यसलाई समयमानै व्यवस्थापन गर्न नसकिएमा भयानक रूप लिने उल्लेख गर्दै तनाव व्यवस्थापनका विधिहरू प्रयोग गरी मनोविद्सँग परामर्श लिएर बेलैमा समस्या समाधान गर्नुपर्ने बताए ।
कोअपरेटिभ म्पानेजर्स क्लब कास्कीका अध्यक्ष अपिल कोइरालाले पछिल्लो समयमा सहकारी लगायत वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव लगायतका विविध समस्याका कारणले सहकारीका सञ्चालकहरू तथा कर्मचारीहरुकमा विभिन्न खालका मानसिक तनाव झेल्दै आएकाले यसको व्यवस्थापन गर्नको लागि बैंकको सहयोगमा कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा नेपाल मनोक्रान्ति योगका अगुवा डा. योगी विकाशनन्दले योगिक तनाव व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए ।
डा. योगी विकाशनन्दले पछिल्लो समय सहकारी सहित वित्तीय क्षेत्रमा परेको मनोसामाजिक असर तथा चुनौतीहरूको सामना गर्दै सञ्चालक तथा कर्मचारीहरूले आत्मबल एवम् मनस्थिति बलियो बनाउनु पर्ने बताए । उनले तनावलाई उचित रूपमा व्यवस्थापन गर्न सके त्यसले आफ्नो दैनिक कार्यमा सकारात्मक ऊर्जा प्रदान गर्ने कुरामा जोड दिए ।
क्याटेगोरी : अर्थ, जीवनशैली, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्