Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

भारत र जापान प्रविधिमा सहकार्य गर्न छलफल


नयाँ दिल्ली । भारतीय विदेश मन्त्री एस जयशंकरले जापानी प्रधानमन्त्री फुमियो किशिदाका विशेष सल्लाहकार मासाफुमी मोरीसँग विशेष भेटवार्ता गरेका छन् ।

विदेशमन्त्रीले ट्वीटरमार्फत जापानी उच्च अधिकारीसँगको भेटबारे जानकारी दिएका हुन् । भेटवार्तामा जापानी प्रविधिको बारेमा छलफल भएको बताइएको छ । उनले हाई स्पीड रेल परियोजनाले मेट्रोभन्दा पनि ठूलो फरक पार्ने बताएका छन्।

यस्तै दुवै देशले तेस्रो बजारमा सहकार्य गर्ने अवसरका बारेमा पनि विचार आदानप्रदान गरेको उनले बताए । विदेश मन्त्रीले यसअघि गत वर्षको डिसेम्बरमा न्युयोर्कमा जापानी विदेशमन्त्री यामादा केन्जीसँग वार्ता गरेका थिए ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं