भारत र जापान प्रविधिमा सहकार्य गर्न छलफल
नयाँ दिल्ली । भारतीय विदेश मन्त्री एस जयशंकरले जापानी प्रधानमन्त्री फुमियो किशिदाका विशेष सल्लाहकार मासाफुमी मोरीसँग विशेष भेटवार्ता गरेका छन् ।
विदेशमन्त्रीले ट्वीटरमार्फत जापानी उच्च अधिकारीसँगको भेटबारे जानकारी दिएका हुन् । भेटवार्तामा जापानी प्रविधिको बारेमा छलफल भएको बताइएको छ । उनले हाई स्पीड रेल परियोजनाले मेट्रोभन्दा पनि ठूलो फरक पार्ने बताएका छन्।
यस्तै दुवै देशले तेस्रो बजारमा सहकार्य गर्ने अवसरका बारेमा पनि विचार आदानप्रदान गरेको उनले बताए । विदेश मन्त्रीले यसअघि गत वर्षको डिसेम्बरमा न्युयोर्कमा जापानी विदेशमन्त्री यामादा केन्जीसँग वार्ता गरेका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्