भारतीय सेनाले ‘मार्शल आर्टस्’ को तालिम प्रदान गर्ने

नयाँ दिल्ली । भारतीय सेनाले सैनिकलाई ‘मार्शल आट्स’ को तालिम प्रदान गर्ने भएको छ । धारिलो हतियारद्वारा हुने आक्रमणको प्रतिरोध गर्न तथा हात हालाहालको अवस्थामा चुस्तताका लागि भारतीय सेनाले उक्त तालिम दिन लागिएको हो । भारतीय सेनाप्रमुख जनरल मनोज पाण्डेले शारीरिक तथा मानसिक तन्दुरुस्तीका लागि सैनिकहरुलाई विशेष ‘मार्शल आर्ट्स’ को तालिम दिन लागिएको बताएका हुन् । भारतीय सञ्चार माध्यम द प्रिन्टले जनाएअनुसार ‘मार्शल आर्ट्स’ तालिममा सैनिकलाई घरेलु हतियारको प्रतिरोध गर्न पनि प्रशिक्षण दिइनेछ ।
यसअघि भारतीय सेनामा सैनिकलाई ‘मार्शल आर्ट्स’को विशेष तालिमको व्यवस्था थिएन । यद्यपि भारतीय सेनाका गोर्खा, आसाम र नागा एकाईमा तैनाथ सैनिकलाई भने एकाईअनुसार आफ्नै मौलिक एवम् विशिष्ट किसिमको ‘मार्शल आर्ट्स’ को प्रशिक्षण दिने गरिएको द प्रिन्टले उल्लेख गरेको छ ।
युद्धको प्रकृति परिवर्तन हुँदै गएको र सैनिकलाई सबै किसिमबाट चुस्त राख्नका लागि भारतीय सेनाले नयाँ तालिमको योजना अघि सारेको हो ।पछिल्लो समय सीमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच बेलाबेला हात हालाहालको अवस्था सिर्जना भएको सन्दर्भमा भारतीय सेनाले नयाँ प्रशिक्षण योजना ल्याएको हो ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्