गैरसरकारी संस्थामा काम गर्न महिलामाथि लगाएको प्रतिबन्धमा पुनर्विचार गर्न तालिबानलाई आग्रह
काठमाडौं । इस्लामिक स्हयोग संगठन (ओआईसी) ले तालिबानलाई गैरसरकारी संस्थाहरुमा काम गर्नबाट महिलालाई प्रतिबन्ध लगाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । ओआईसीले एनजीओ र शिक्षामा काम गर्न महिलालाई प्रतिबन्ध इस्लामिक कानूनको उद्देश्य र अल्लाहको सन्देशको उल्लङ्घन भएको टोलो न्यूजले समाचार लेखेको छ ।
ओआईसीले अफगानिस्तानमा हालैका घटनाक्रम र मानवीय अवस्थामा भएको ओआईसी कार्यकारी समितिको असाधारण बैठकको अन्तिम विज्ञप्तिमा उक्त वक्तव्य जारी गरेको हो। संगठनले अफगानिस्तानमा बिग्रँदै गएको मानवीय र मानव अधिकारको अवस्थाूमा गम्भीर चिन्ता व्यक्त गरेको छ भने इस्लामिक इमिरेट्सलाई महिला र बालबालिकाको अधिकार सहित मानव अधिकारको सम्मान गर्न आह्वान गरेको भारतीय समाचार संस्था एएनआईले समाचार लेखेको छ ।
डिसेम्बर २४ मा, तालिबानले महिलाहरूलाई गैरसरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाउने आदेश जारी गरेको थियो । उनीहरूले अर्को सूचना नभएसम्म महिलाहरूको लागि विश्वविद्यालय शिक्षा र केटीहरूको लागि माध्यमिक शिक्षा निलम्बन गरेको थियो। यस महिना एक प्रेस विज्ञप्तिमा, मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टुरले तालिबानलाई महिला र केटीहरूको अधिकारलाई लक्षित गर्ने नीतिहरू खारेज गर्न आह्वान गरे, तिनीहरूको जीवनमा ूभयानक, कैस्केडिङ प्रभावहरूू र अस्थिर जोखिमहरू दुवैलाई ध्यान दिएर। त्यस्ता नीतिहरूले अफगान समाजलाई असर गर्छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्