काश्मिरको एक संगीत समूहले गाएको व्यंग्यात्मक कव्वाली गीत भाइरल
काठमाडौं । श्रीनगर जिल्लाका स्थानीय कश्मीरी संगीत समूहले गाएको व्यंग्य भरिएको कव्वाली गीत सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त गीतको भिडियोमा कश्मिरको दयनीय बिजुलीको अवस्थालाई उजागर गर्न कव्वालीको रूपमा एउटा गीत गाएका छन्, जसले सबैको मन छोएको छ ।
कश्मीरका प्रख्यात कवि पीर जहूरले लेखेको गीतलाई युवा गायक–संगीतकार नासिर अहमद र उनका सहकर्मी अनस इब्न तारिक र अहमद साबिरले गाएका थिए। यस्तै, यस गीतको संगीत रसख इम्तियाजको रहेको छ भने भिडियो एमजे नासिरको ले बनाएका थिए । बिजुलीको कमजोर अवस्थालाई व्यंग्य गर्ने भएकाले यो कव्वाली जनतामाझ निकै लोकप्रिय बन्दै गएको छ ।
कव्वालीमा विद्युत् सङ्कटका लागि जनता र अधिकारी दुवै उत्तिकै जिम्मेवार छन् । नासिर अहमदले यस कव्वालीमा जनता र अधिकारी दुवैका कमजोरीहरूलाई व्यंग्यात्मक रूपमा उजागर गर्ने प्रयास गरेको बताए । सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले हास्यास्पद कव्वाली मार्फत वास्तविक तथ्य बताएको भनेर प्रतिक्रिया दिएका छन् ।
नासिर अहमद र उनका सहकर्मीहरूले यस कव्वाली मार्फत यस गम्भीर मुद्दामा ध्यानाकर्षण गराउँदै गर्दा कश्मीरका युवाहरूमा प्रतिभाको कमी नभएको प्रमाणित गरेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्