इस्लामी शक्तिहरूले अफगानिस्तानमा आक्रमणहरू बढाउने संकेत
वासिङ्टन– चीनले अफगानिस्तानसँग तेल सुपुर्दगी सम्झौतामा हस्ताक्षर गरेपछि इस्लामी शक्तिहरूले अफगानिस्तानमा आक्रमण बढाउने तयारी गरेका छन्। वाशिंगटन डीसीमा भएको स्वतन्त्र मिडिया समूह ग्लोबल स्ट्र्याट भ्यूका अनुसार अफगानिस्तानमा चीनको बढ्दो प्रभावबाट इस्लामवादीहरू खुसी छैनन्।
इस्लामवादी शक्तिहरूले अफगानिस्तानको चीनको व्यापारिक शोषणलाई समर्थन गर्दैनन्। चीनमा अल्पसंख्यक उइघुर मुस्लिमहरूलाई उत्पीडन गरेपछि चीनको सर्वत्र विरोध भईराखेको छ । ग्लोबल स्ट्र्याट भ्यूले रिपोर्ट अनुसार अफगानस्थानमा तथा मध्य पूर्वका देशमा चीन सबैभन्दा ठूलो विदेशी लगानीकर्ता भए पनि पाकिस्तानबाट चिनियाँ नागरिक र परियोजनाहरूमा आतंकवादी आक्रमणहरू भएको उल्लेख गरेको छ ।
पाकिस्तानको प्राकृतिक स्रोतको अत्याधिक दोहन र देशमा चीनको आर्थिक तथा सैन्य प्रभावलाई लिएर पाकिस्तानी नागरिकले चीनको विरोध गर्दै आएका छन् । इस्लामवादी शक्तिहरूका अनुसार अफगानिस्तानमा पनि त्यस्तै घटनाक्रमहरू भइरहेका छन् । अफगानस्थानमा अमेरिकाको अनुपस्थितिमा चीनले फाइदा लिन खोजिरहेको छ । अफगानिस्तानको विशाल खनिज सम्पदाको दोहन गर्ने चीनको स्पष्ट उद्देश्य छ। तर चीन–पाकिस्तान इकोनोमिक करिडोरलाई अफगानिस्तानसम्म विस्तार गर्ने उनको लक्ष्य चिन्ताको विषय हो । इस्लामिक स्टेट समूह अन्र्तगत एक समुहले चीनको बेल्ट रोड इनिसिएटिभलाई तेस्रो विश्वका देशहरूलाई ऋणमा दुबाएको र तिनीहरूको सार्वभौमसत्तामा हनन गरेको आरोप , ग्लोबल स्ट्र्याट भ्यूको रिपोर्टमा उल्लेख गरिएको छ ।
सेप्टेम्बर २०२२ मा भ्वाइस अफ खोरासान पत्रिकामा लेखिएको लेख अनुसार चीनले तेस्रो विश्वका देशहरूलाई कमजोर बनाउन र यी देशहरूमा चीनको प्रभावलाई अझ बलियो बनाउन ऋण योजनाहरू प्रयोग गरिरहेको हुन सक्ने बताइएको छ ।
यस्तै, इस्लामिक स्टेट समूहले चीनलाई बीआरआई र अन्य परियोजनाहरूमा ठूलो नोक्सान हुने चेतावनी पनि दिएको छ। बंगलादेश, पाकिस्तान र नेपालमा चीनले लगानी रहने पूर्वाधार निर्माणमा ढिलाइ, जटिलता र बढ्दो लागतका कारण अलपत्र परेको भारतीय समाचार संस्था एएनआईले लेखेको छ ।
चीन–पाकिस्तान इकोनोमिक करिडोरको प्रगति सुस्त गतिमा भइरहेको काम र आतंकवादी हमला लगायतका बिभिन्न मुद्दाहरूले गर्दा चीनको अत्यधिक चर्चा गरिएको बेल्ट एण्ड रोड इनिसिएटिभ ले जताततै आलोचना खेपिरहेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्