चिनियाँ ट्रयाकिङ यन्त्र बेलायती सरकारी गाडीमा फेला परेपछि खैलाबैला
काठमाडौं । बेलायती सरकारको कारमा चिनियाँ ट्राकिङ यन्त्र बेला परेपछि खेलाबैला मच्चिएको छ । यो ट्राकिङ यन्त्रले सबै जियोलोकेशन डाटा प्रसारण गर्ने गर्दछ । यसको मतलब यसले गाडी कहाँ छ, कति समय रोकिएको छ, वा चलेको समय लगायतका विषयमा डाटा प्रसारण गर्ने गर्दछ । उत्पादकहरूले सामान्यतया कम्पोनेन्टहरू सवारीसाधनमा फिट गर्नुअघि निकाल्दैनन्।
चीनले यसरी ट्रयाकिङ यन्त्र जोडेर अर्को सार्वभौमसत्ता सम्पन्न देशको अस्मितामाथि खेलबाड गरेको छ । बेलायतस्थित चिनियाँ दूतावासका प्रवक्ताले भने यो आरोपहरु आधारहीन र अफवाह भएको बताएका छन् । उनले भने— हामी सामान्य आर्थिक र व्यापारिक सहयोगमा राजनीतिक प्रभाव वा चिनियाँ उद्यमहरूमा कुनै पनि प्रकारको धब्बाको कडा विरोध गर्दछौं ।
डिसेम्बर २०२२ मा, पोलिटिकोले यूरोपेली यूनियनमामा जासूस समस्याको बारेमा समाचार सम्प्रेषण गरेको थियो । बेल्जियमका अधिकारीहरूले भनेका छन् कि उनीहरूले यो हुनबाट रोक्न चीन जस्तो देशसँग प्रतिस्पर्धा गर्न सक्दैनन्। यसअघि ब्रसेल्सस्थित युरोपेली यूनियनको कार्यालयबाट सडक पारी चिनियाँहरूले ‘लिसन स्टेशन’ स्थापना गरेको समाचार आएको थियो ।
माथिका सबै घटनालाई चिनियाँ अधिकारीहरूले विभिन्न तहमा कडाइका साथ अस्वीकार गरेका छन्। तर, वास्तविकता अर्कै छ । यद्यपी, जासुसी गर्नु र अनैतिक व्यापार गर्नु चीनका लागि नयाँ होइन। विगत केही वर्षयता सञ्चारमाध्यममा आएका यस्ता धेरै घटनाहरू छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्